आजबाट नयाँ नोट साट्न पाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजबाट नयाँ नोट साट्न पाइने


प्रशासन विशेष ब्युरो

२१ आश्विन २०७५, आइतबार


नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गर्ने भएको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।

५, १०, २०, ५० रुपैयाँ दरका नयाँ नोट २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले उपत्यका भित्रका लागि नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।

उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस