नेपालगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको घटनास्थालमै मृत्यु भएको छ ।
दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर मुगुवा खोला नजिक ठोक्किँ अन्य १७ जना घाइते भएका छन् ।
उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।







