भारतीय सैनिक विमान दुर्घटनाग्रस्त मानवीय क्षतिबाट बच्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त मानवीय क्षतिबाट बच्यो


१९ आश्विन २०७५, शुक्रबार


नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालक भने विमानबाट सकुशल बाहिर निस्किेका छन् ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए । उक्त विमानमा दुई चालक मात्र थिए ।

भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस