२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेलमा नेसनल कन्फरेन्स अन पिस, प्रोसपरिटी एन्ड ह्याप्पीनेस

अ+ अ-

काठमाडौँ । चैतन्य एकेडेमीले काभ्रेको धुलिखेलमा नेसनल कन्फरेन्स अन पिस, प्रोसपरिटी एन्ड ह्याप्पिनेस प्रोगाम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका थिए ।

देशको समग्र विकाससँगै सामाजिक रूपान्तरण, मानव विकास, सकारात्मक परिवर्तन र आध्यात्मिक चेतना विकासका लागि सेमिनार आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश जोशीले जानकारी दिए ।

कार्यक्रमको सभापतित्व पूर्वमूख्य सचिव डा. विमल कोइरालाले गरेका थिए ।

कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरे, प्रा. डा. विष्णु भण्डारी, लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व सचिवद्वय प्रताप कुमार पाठक र मधुरमण आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्मा, नास्टका पूर्व उपकुलपति प्रा. डा. जीवराज पोखरेल, प्रशासनविद् डा. हिरामणि घिमिरे, सामाजिक अभियन्ता तथा प्रशिक्षक, डा. राजु अधिकारी, आधात्मिक अभियन्ता डा. चिन्तामणि योगी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विज्ञ विनोद न्यौपाने, धुलिखेल नगरपालिकाका मेयर अशोक वेन्जु र निमित्त प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार न्यौपाने, रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख डा. नवराज लम्साल, पत्रकार सरोज गौतम, कवि सुदेश सत्याल अतिथि रहेका थिए ।

कार्यक्रम एपिवान टेलिभिजनका सम्पादक टिकाराम यात्रीले सञ्चालन गरेका थिए ।

दुई दिन सम्म चलेको उक्त कार्यक्रममा नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई बल पुग्ने गरी आर्थिक, सामाजिक, राजनैतिक तथा मानव विकासका सर्वपक्षीय सवालहरूमा विज्ञहरूको धारणा तथा सहभागीहरूमाझ प्राज्ञिक छलफल भएको थियो । उक्त आवासीय राष्ट्रिय सम्मेलनमा विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै १२० जना जतिको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत जोशीले राष्ट्रको समृद्धि र सकारात्मक सामाजिक रूपान्तरणका लागि कार्यक्रम सञ्चालन गरेको बताए । ‘देशको विकास केवल राजनीतिक सवाल मात्रै होइन, यो त हरेक नेपालीको जीवनसँग जोडिएको सन्दर्भ हो,’ उनले भने, ‘त्यसैले हामीले कार्यक्रम सञ्चालन गरेका हौँ ।’

के भन्छन् सहभागीहरू ?

कर्मचारीको आचरण सुधार्न कार्यक्रम उपयोगी

बिमला कोइराला, काठमाडौँ महानगरपालिका
‘समृद्ध नेपाल, खुसी नेपाली’ कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल ग-यौं । यो नेपाल सरकारको नारा पनि हो । त्यसलाई सोसियल भ्यालुसँग कसरी जोड्ने भन्ने विषयमा अन्तरक्रिया भयो । तनावमुक्त गर्न मेडिटेसन र योगा पनि गरियो ।

एकात्मकबाट संघात्मक अवस्थामा गएका छौँ । त्यसैले पनि संघीयता संवेदनशील अवस्थामा छ । त्यसकारण विवेकशील भएर प्रशासन चलाउनु जरुरी छ ।

यो कार्यक्रम कर्मचारीलगायत सबैका लागि निकै उपयुक्त छ । किनभने यस्ता कार्यक्रमले कर्मचारीको आचरण सुधार्न मद्दत गर्छ । कार्यक्रमका दौरान हामीले पनि जनतालाई समान सेवा दिनुपर्छ भन्नेमा कमिटमेन्ट गरेका थियौँ ।

बानी र काममा सुधार गर्न मद्दत

मिलन शाक्य,वरिष्ठ इन्जिनियर, पीआईडी, केयूकेएल
यो कार्यक्रमले पिस र प्रोस्परिटीले कसरी ह्याप्पीनेसमा प्रभाव पार्छ भन्ने कुराबारे जानकारी गराएको छ । सबै मानिसहरू खुसी हुन चाहन्छन् । त्यसका लागि पिस र प्रोस्परिटीको कति भूमिका रहन्छ भन्नेबारे जानकारी गराइएको थियो । द्वन्द्वरत मुलुकमा पिस पनि रहेन, प्रोस्परिटी पनि रहेन । किनभन्दा त्यहाँ राजनीतिक स्थिरता रहेन । जस कारण त्यहाँ विकृति जन्मिने र त्यहाँका बासिन्दाले सुखको अनुभूति गर्न नपाएको त्यहाँ प्रकाश पारिएको थियो ।

के पिस र प्रोस्परिटीले मात्रै ह्याप्पिनेस आउने हो त ? यसबारे पनि त्यहाँ छलफल गरिएको थियो । त्यसको साथसाथै अध्यात्म, जीवनशैलीबारे पनि छलफल भएको थियो । यससँगै त्यहाँ मेडिटेसन र योगाभ्यास पनि गराइएको थियो । समूहमा मेडिटेसन र योगाभ्यासले वातावरण निकै आनन्दित बनेको थियो । त्यससँग खानपान व्यवहारबारे पनि छलफल गरिएको थियो । कुन समयमा कति खानुपर्छ, के–के खानाले स्वास्थ्यलाई कस्तो असर गर्छ लगायत विषयमा पनि त्यहाँ प्रकाश पारियो । के–के चिज नखाँदा स्वास्थ्यलाई सुधार हुन्छ भन्ने विषयमा पनि प्रकाश पारिएको थियो । यो कार्यक्रम देशभर सञ्चालन गर्न आवश्यक छ । यसले मानिसको चेतना पनि वृद्धि गर्छ । आफूले गरिरहेको बानी र काममा के सुधार गर्नुपर्छ भन्ने कुरा पनि बोध हुन्छ ।

असल सोच, संस्कार र स्वभावको विकास हुने

डा. चिन्तामणी योगी, शिक्षासेवी, समाजसेवी र आधात्मिक चेतना विकास अभियन्ता एवं विज्ञ
कार्यक्रमका लागि चैतन्य एकेडेमीका गणेश जोशीज्यूलाई धन्यवाद दिन चाहन्छु । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रह्यो । अहिले मूल कुरा के छ भने मान्छे सफल मात्र बन्ने होइन, असल पनि बन्ने हो । शिक्षित मात्रै बन्ने होइन, सचेत पनि बन्ने हो । आफू मात्रै बन्ने होइन, आफ्नो राष्ट्र, समाज अनि आफ्नो कार्यक्षेत्र पनि बनाउने हो । अहिलेको समय भनेको मभन्दा माथि उठेर हामीको समय हो । नकारात्मकता भन्दा पनि सकारात्मकता कुराहरूलाई खोज गर्ने बेला हो ।

नेपालका सम्भावना के हुन सक्छन् । त्यहाँ हाम्रो दायित्वबोध के हुन सक्छ भन्ने मूल कुरा हो । अहिले सारा विश्वमै आध्यात्मिक चेतनाको विकास भइरहेको छ । आध्यात्मिक चेतनाद्वारा मान्छे बन्छ । मान्छेद्वारा परिवार र समाजसँगै कार्यालय बन्छ । आज नेपालले जुन समस्या भोगिरहेको छ, त्यो समस्याको मूल कारण भनेको हाम्रो सोच, संस्कार र स्वभावको विकास गर्न सकेनौँ । तसर्थ यस कार्यक्रमले हामीलाई असल सोच, संस्कार र स्वभावको विकास त्यसतर्फ डो–याएको छ ।

प्रतिक्रिया दिनुहोस