एक वडा : एक मूल सडक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक वडा : एक मूल सडक


१८ आश्विन २०७५, बिहिबार


काठमाडौं । शहरी विकासको क्रममा बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी भक्तपुर जिल्लाभित्र रहेका सबै नगरपालिकाका प्रत्येक वडामा मूल सडकले जोड्ने योजना अघि सारिएको छ ।

शहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणमा भएको ‘विगतमा भएका सडकका स्तरोन्नति’ विषयको छलफल कार्यक्रममा सडक विस्तारलाई दु्रत गतिमा अघि बढाउने सहमति भएको छ । तीन वटै तहको सरकारले विकासको गतिलाई तीव्रता दिने क्रममा भक्तपुरमा भौतिक संरचनाको विकासलाई उच्च प्राथमिकता दिँदै एक वडा एक मूल सडकको अभियानकै रुपमा सञ्चालन गरिने भएको छ ।

यसै क्रममा अरनिको राजमार्ग आदर्शबाट घ्याम्पेडाँडासम्मको १५ मिटर चौडाइको पाँच किलोमिटर, पात्लेटारबाट अनन्तलिङ्गसम्मको १५ मिटरको चार किलोमिटर, सूर्यविनायक चोक गणेश मन्दिरबाट कृष्ण मन्दिर–प्राणी उद्यानको किनार हुँदै नारायण सडक १५ मिटरको पाँच किलोमिटर, सरस्वतीखेल बसपार्कदेखि मूलपानी जाने १७ मिटरको ४.५ किलोमिटरका साथमा १८ ठूला सडकलाई स्तरोन्नति गर्न प्राधिकरण र स्थानीय जनप्रतिनिधिबीच सहमति भएको छ ।

छलफलमा प्राधिकरणले एक मात्र शर्त निर्माणाधीन सडक विवादमुक्त बनाउनुपर्ने बताएको छ । त्यस्तै उक्त जिल्लाका लागि प्राधिकरणले १० ठूला सडकको स्तरोन्नति गर्ने भएको छ । यसैगरी काठमाडौं उपत्यका सडक विस्तार आयोजना, शहरी तथा भवन निर्माण विभाग तथा स्थानीय सरकार मिली अन्य आठ सडकको स्तरोन्नति गरिने भएको छ ।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले जनमुखी विकासका योजना जनप्रतिनिधिले ल्याएमा प्राधिकरण काम अघि बढाउन तयार रहेको बताए । उनले कुनै पनि योजना सम्बन्धित निकायले प्रक्रिया पूरा गरी आएमा रोकछेक हुँदैन नहुने भन्दै सडक विस्तारलाई अघि बढाउने क्रममा अधिकांश सडकको विस्तृतच परियोजना प्रतिवेदन सम्पन्न भइसकेको जानकारी दिए ।

उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले सडक विस्तार गर्न सीमा विवादको अन्त्य गर्नुपर्ने बताउँदै विवाद अन्त्य नभएमा ठेक्का प्रक्रिया अघि बढाउन नसकिने स्पष्ट गरे।

शहरी तथा भवन निर्माण विभागका प्रमुख मणिराम गेलाले विकास निर्माणमा आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। उनले विकासको विरोधका नाममा विकास विरोधी गतिविधि गर्न नहुने बताउँदै तत्कालै एक करोड बराबरका साना साना पाँच आयोजना ल्याउन जनप्रतिनिधिलाई आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर केन्द्रीय राजधानीसँगै जोडिएको जिल्ला भए पनि विकासका गतिले बत्तीमुनिको अँध्यारोजस्तै भएकाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, विद्युत्, खेलमैदान, प्राणी उद्यान, सभागृह, स्मार्ट सिटीजस्ता राष्ट्रिय गौरवका आयोजना प्रक्रियागत रुपमा सरकारले थालनी गरिसकेको जानकारी दिए।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सडक विस्तार तथा अन्य विकास निर्माणका क्रममा आउने सीमा विवाद स्थानीय सरकारले नै समाधान गर्ने बताए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस