३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक अभावमा सेवा प्रभावित

अ+ अ-

लमही । दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विमलेस गुप्ताले बताए।

अहिले डा. गुप्ताले मात्रै अस्पताल धान्नुपरेको छ । तीन चिकित्सकको दरबन्दी भए पनि अन्य दुई दरबन्दी खाली रहेको डा. गुप्ताले बताए । “राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप निकै हुन्छ”, उनले भने, “तर चिकित्सकको सङ्ख्या पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।”

अस्पतालमा दैनिक ६० देखि एक सयसम्म बिरामी आउने गरेको डा. गुप्ताले जानकारी दिए। पोष्टमार्टमका घटना दिनहुँ आउने गरेको र दैनिक सरदर ८/१० जना दुर्घटनाका घाइते आइरहेको उनले बताए । १५ शय्याको अस्पतालमा हाल तीन चिकित्सकको दरबन्दी छ । यसअघि दुई डाक्टर कार्यरत रहेकोमा ईश्वरी खनाल अध्ययन बिदामा बसेपछि अहिले गुप्ता एक्लैले अस्पताल धान्नुपरेको हो ।

बिरामीलाई प्रभावकारी सेवा दिन अझै सात डाक्टर चाहिने देखिन्छ । सो अस्पतालमा हाल अहेब पाँच, नर्स एक, अनमी पाँच र कार्यालय सहयोगी दुई कार्यरत छन् । अझै १०/१२ कर्मचारी आवश्यक परेको डा. गुप्ताले बताए ।

करारमा रहेका कर्मचारीको म्याद असार मसान्तदेखि थप नभएपछि सेवा सञ्चालनमा थप समस्या भएको डा. गुप्ताको भनाइ छ । इमर्जेन्सीका दुई, प्यारामेडिकलका दुई, एम्बुलेन्स चालक एक, शववाहन चालक एक र कार्यालय सहयोगी तीन जनाको म्याद थप नभएपछि साउन १ देखि काममा समस्या भएको उनले बताए । कर्मचारी नभएका कारण एक्सरे, एम्बुलेन्स र शववाहन ठप्प भएको डा. गुप्ताले बताए । रासस

प्रतिक्रिया दिनुहोस