फाष्ट ट्र्याक डीपीआर निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फाष्ट ट्र्याक डीपीआर निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीलाई


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्गको विस्तृत परियोजना प्रतिवेदन९डीपीआर० निर्माणको लागि सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेड दक्षिण कोरियालाई जिम्मा दिइएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

करीब १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १ सय ५ दिनभित्र तयार हुने जनाइएको छ ।

एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मान्दै आधारभूत र प्रारम्भिक कार्य गर्दैआएको सेनाले यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका अधिकृत र सोसुङ इन्जिनियरिङ कम्पनी लिमिटेड दक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस