२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला

अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् ।

शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताए । “केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन गरिएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ, आफैँ लगानी र श्रमदान गरेर, समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौँ ।”उनले भने ।

वि.सं. २०६५ मा कृषि विकास कार्यालयले महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेती सम्बन्धी तालीम पाएलगत्तै गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष पाँच हजारको लगानीमा सो खेती शुरु गरिएको उनले जानकारी दिए ।

त्यस बेलामा वर्षमा ३० देखि ४० हजार सङ्कलन गरिएकामा विस्तारै व्यवसाय बढाउँदै प्रतिव्यक्ति एक लाखसम्म जम्मा हुन थालेपछि संस्थाका लागि जग्गा किन्नाका साथै अहिले उनीहरूले वार्षिक सातदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् ।

व्यवसायलाई विस्तार गर्न लघुउद्यम कार्यालयले पनि च्याउखेतीका लागि आवश्यक बीउ, कृषि औजार दिँदै आएको छ । अहिले सो समूहबाट दैनिक ८० देखि ९० केजी च्याउ उत्पादन हुने गरेको र त्यो च्याउ लिन उत्पादन गर्ने ठाउँमै ग्राहक आउने संस्थाकी सदस्य अनिता चौधरीले जानकारी दिइन्।

छिट्टै आम्दानी लिन पनि सकिने र मेहनत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घर–घरमा पनि च्याउखेती गरेको उनको भनाइ थियो । घरमा गरिएको च्याउ खेतीबाट मात्रै वार्षिक एक लाख पचास हजारसम्म आम्दानी लिन उनीहरू सफल छन् । रासस

प्रतिक्रिया दिनुहोस