३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै

अ+ अ-

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) को पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।

सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए । प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति (मिडवाइफ) सम्बन्धी अध्यापन शुरु गरिसकेको छ । सो विषयको अध्यापनअध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ । त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौं विश्वविद्यालयमा पनि सो तहको अध्ययनअध्यापन हुन्छ । “सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम् भूमिका निर्वाह गर्छ”, प्रशासकीय अधिकृत भण्डारीले भने।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तह (एमबिबीएस), एमडीजिपीलगायत शैक्षिक कार्यक्रम शुरुआत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले एमबिबीएस तहको अध्ययनअध्यापन गर्न गृहकार्य गरिसकेको उनले जानकारी दिए ।

सरकार र प्रा. डा. गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययनअध्यापन शुरु गर्ने विषयमा पनि सहमति भएको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीकाक्रममा रहेको जानकारी दिए । उनले भने, “एमबिबीएस तहको अध्ययनअध्यापनका लागि ३०० श्ययाको अस्पताल र ६२ वटा विधागत सङ्काय चाहिन्छ । प्रतिष्ठानमा छ कि छैन ? भावनामा चिकित्सा शिक्षाको पढाइ हुने होइन ।” प्रतिष्ठानलाई कर्णाली प्रदेशको चिकित्सा स्वास्थ्य र शिक्षाका लागि नमूना प्रतिष्ठान बनाउन जुटेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस