२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम

अ+ अ-

घोराही । नेपाल सरकारसँंग समन्वय गरेर १५ वर्ष अगाडिदेखि तराई भूपरिधि क्षेत्रका १४ जिल्लामा ताल कार्यक्रमले संरक्षणका विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

जलवायु अनुकूलनमा काम गर्ने तालले यस वर्ष गढवा र राजपुरका ६७ सामुदायिक वनसँग मिलेर जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनूकूलन, राप्ती नदीले छाडेको बगरलाई हरियाली बनाउने अभियान, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमको शुरुआत गरेको छ । स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर उक्त कार्य गरिने तराई भूपरिधी कार्यक्रमका सहप्रबन्धक गौतम पौडेलले जानकारी दिए । गाउँपालिकाले विकासनिर्माणका योजनालाई कार्यान्वयन गर्दा वातावरणमैत्री ढङ्गले काम गर्न सकेमा सुखी जनता र समृद्ध स्थानीय सरकार हुने उनले बताए ।

सामुदायिक वनमा सुशासनका विभिन्न गतिविधि सञ्चालन गरिने बताउँदै उनले आगामी वर्षमा हरियो वन कार्यक्रममार्फत केही सङ्कटापन्न सामुदायिक वनमा चोरी शिकार नियन्त्रण, अवैध चोरी रोक्न गस्ती परिचालन, सामुदायिक वनमा तारबार, वृक्षरोपण, बाँसरोपण, सीप विकास तालीम सञ्चालन र टपरी उद्योगजस्ता कार्यक्रम गरिने जानकारी दिए। सोका लागि आफूहरुले दुई गाउँपालिकाका लागि मात्र १९ लाख ३२ हजार बजेट प्रस्ताव गरेको तालका सहसंयोजक पौडेलले बताए ।

गढवा गाउँपालिकाका वन तथा वातावरण संरक्षण समन्वय समिति अध्यक्ष उमाकान्त पन्तले वैज्ञानिक वन व्यवस्थापनका नाममा लागू गर्न थालिएको वन व्यवस्थापन कार्यक्रम ठीक ढङ्गले सञ्चालन हुन नसकेमा ठेकेदार र चल्तापूर्जाको कमाइ खाने भाँडो बन्न सक्ने खतरा रहेको औंँल्याउँदै यसको कार्यान्वयनमा स्थानीय सरकारले पनि नियमन र अनुगमन गर्ने बताए । उनले दक्षिण देउखुरीका गढवा र राजपुर गाउँपालिका वन, वातावरण र जैविक विविधताको संरक्षणका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

विपद् प्रतिकार्य समूह तयार
सधैँजसो बाढीको डुबानमा पर्ने देउखुरी क्षेत्रका लागि रेडक्रसले ४०८ विपत् प्रतिकार्य समूह तयार पारेको छ । हरेक वर्ष हुने डुबानबाट धनजन र मानवीय क्षति रोक्नका लागि तुरुन्त उद्धारमा खटिनका लागि सो समूह तयार पारिएको हो ।

यही असोज ६ गतेदेखि जिल्ला रेडक्रस सोसाइटीले देउखुरीका चार सयभन्दा बढी युवालाई उद्धारमा लाग्नका लागि अपनाउनुपर्ने तौरतरिका र होशियारीबारे तालिम दिएको थियो । सोसाइटी दाङका सभापति नारायण आचार्यले तालीमप्राप्त युवालाई जिल्लामा हुने कुनै पनि दुर्घटनामा उद्धारकर्ताका रुपमा खटाइने जानकारी दिए ।

तालीमपछि आयोजना गरिएको समापन कार्यक्रममा ती युवाले जिल्लामा हुने कुनै पनि विपत्मा तुरुन्त खटिने प्रतिबद्धतासहित सक्रिय भएर काम गर्ने बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस