२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाका दुई वडाका दुई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ ।

नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा नौ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का एक हजार दुई सय र ५ का एक हजार हजार तीन सय बासिन्दा खानेपानी सुविधा पाउनेछन् ।

खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घरमा पानी पुगाउने लक्ष्य राखिएको बताए । उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको हो संस्थानका कार्यालय प्रमुख श्रेष्ठले भने, “यो वर्षभित्र पानी उपलब्ध गराउँछौँ ।”

चालू आवमा साढे १५ किलोमिटर पाइप लाइन विस्तार हुने र दुवै स्थानमा ट्युवेल जडान गरिने कार्यालय प्रमुख श्रेष्ठको भनाइ रहेको छ । आयोजनाअन्तर्गत ४५० घनमिटरका दुई ट्याङ्की निर्माण गरिनेछन् । नगरपालिका–२ का अध्यक्ष डम्मर सिंह कार्कीले खानेपानी सञ्चालन भएपछि नल्काको पानी खानुपर्ने बाध्यता हट्ने बताए ।

यसैगरी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाका लागि नगरपालिका–८ तिलौचारमा २८ करोड ५० लाखको लगानीमा अर्को खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । चुरे क्षेत्रमा गर्मीका बेला नल्का र कुवाँमा पानी सुक्ने समस्या हुँदा स्थानीय बसिन्दाले निकै सास्ती खेप्दै आएका छन् । आयोजना निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा पानी पिउन पाउने छन् । नगरवासीलाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । रासस

प्रतिक्रिया दिनुहोस