कालिकोट । गत मंगलबार कालिकोटमा मेला हेरेर फर्किँदै गरेकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीय किशोरी धिमाल मेला हेरेर फर्किने क्रममा सामूहिक बलात्कारमा परिकी हुन् ।
उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय आठ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोरख विक, १८ वर्षीय सर्जन विक, खाडाचक्र नगरपालिका–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नविन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विकलाई पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका आठै जनालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।