३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जरुरतभन्दा बढी र खानै नहुने वस्तुहरू खाँदा विभिन्न रोग लागिरहेको छ

अ+ अ-

नेपालीमा उखानै छ– धेरै खाए मल, थोरै खाए बल । यो कुरालाई पुष्टि गर्छ– नसर्ने रोग लागेर मृत्युको सिकार भएका बिरामीको तथ्यांकले । तथ्यांकले जरुरतभन्दा बढी खाना खाने तथा खानै नहुने खाले वस्तु (प्रोसेस गरिएका, जंक र फास्ट फुड, मांसाहार तथा रक्सी) बढि खाएर मृत्यु हुनेको संख्या बढ्दै गएको देखाउँछ । यस्ता व्यक्तिहरूमा उच्च रक्तचाप, मधुमेह, रक्तनलीका समस्या, हृदयघात, मस्तिष्कघात, मृगौला तथा कलेजोका रोग अनि क्यान्सर पनि बढी हुने रिसर्चबाट प्रमाणित भइसकेका तथ्यहरू हुन् । फेरि हामी नेपालीहरू ऋण नै गरेर पनि भोज भतेर गर्ने खालका छौं, जसले उल्टै रोगलाई नै बढावा दिएको हुन्छ ।

मुख्यतया सहरवासीले यसप्रकारका खाना खाने गर्छन् । तर, श्रम तथा व्यायाममा चासो दिँदैनन् । फलस्वरूप रगतमा नराम्रा चिल्लोको मात्रा बढ्दै गएको छ । मासु तथा हड्डी कमजोर हुँदै गएका छन् अनि माथि उल्लेखित रोग बढेर डाक्टर तथा हस्पिटलहरूको खेती मौलाउँदै गएको छ । तौल पनि बढ्दै गएको छ । साथसाथै हाडजोर्नी र नशाका समस्या त आम कुरा भइसकेको छ । तर, दुर्भाग्यवस यी रोग दबाईबाट मात्र व्यवस्थापन हुँदैनन् । मैले यहाँ औषधि भन्ने नाम नै लिइनँ किनकि रोगलाई दबाउने पदार्थलाई औषधि भन्न मिल्दैन, ति दबाईहरू मात्र हुन् । यी दबाईले नसर्ने खालका रोगलाई दबाएर मात्र राख्छन्, ठिक गर्न सक्दैनन् । ठिक गर्ने एक मात्र उपाय हो– खानपिन तथा जीवनशैली व्यवस्थापन गर्नु ।

अर्को अचम्मको तथ्य के छ भने कम खाएर बढी मेहनत, व्यायाम वा श्रम गर्नेहरूमा मधुमेह, उच्च रक्तचाप, माथि उल्लेखित तथा रक्तनलीका रोग कम पाइएको छ । यस्ता व्यक्तिहरू माथि उल्लेखित रोगका कारण ज्यान गुमाउने एकदमै न्युन रहेको तथ्यांक्कले देखाउँछ ।

थुप्रै बिरामी कुरुवाले ताकत दिने खानेकुराबारे जिज्ञासा समेत राख्छन् । मकहाँ विभिन्न कारणले प्यारालाइसिस भएर आउने बिरामीहरूमध्ये अधिकांशलाई के खाएर तागत आउला र बिरामी हिँड्ला भन्ने ठूलो चिन्ता हुने गरेको पाएको छु । थुप्रैले त १० थरि हर्लिक्सदेखि मासु नै मासु, अण्डा आदि खुवाउने गरेको पनि पाइएको छ । यस्तो गरेर ठिक हुनु वा तागत आउनुको साटो फेरि स्ट्रोक वा मस्तिष्कघात दोहोरिएर थलिएका विरामीहरू पनि छन् ।

यस्ता बिरामीलाई कस्तो खाना चाहिन्छ त ? शक्ति दिने खानेकुरा के हो ? माछा, मासु, अण्डा वा हाइ फ्याट भएको खाना ? कतिपयले त यस्तै खाना खुवाउन खोज्छन् । अण्डाको पहेंलो वा जंक फुड दियो भने बिरामीमा शक्ति आउँछ वा सन्चो हुन्छ भन्ने ठान्छन् । तर, यी खानेकुराले रोग सन्चो हुन त परै जाओस्, झन् बल्झाउँछ । त्यसकारण जे पायो त्यही खानु हुँदैन । तर, बिरामीले त्यस्तै खानेकुरा खाइरहेको पाइएको छ । यस्ता बढी तथा नचाहिने चिज खाँदा कोलेस्ट्रोल, रक्तचाप तथा मधुमेह आदि पनि बढिरहेको हुन्छ जस्ले रोग उपचारमा समेत बाधा पुर्‍याउँछ ।

हरेक बिरामीलाई एक योग्य प्राकृतिक आहार चिकित्सकले हेरेर राम्ररी विश्लेषण गरिसकेपछि त्यो अवस्थामा सबैभन्दा राम्रो तथा उपयुक्त सन्तुलित खाना के हुन्छ भन्ने कुराकोनिर्क्यौल गर्न सकिन्छ । यहि अनुसार खाना खुवाउँदा मात्र रोग चाडैं ठिक हुन्छ र रोग उपचारमा पनि सहयोग हुन्छ । तर, यस्ता रोगका कुनै पनि अवस्थामा हामीकहाँ प्रचलित झ्याम्म मासु भात, घिउ, अण्डाको पहेंलो, जंक तथा फास्टफुड, चिनिले भरपूर हर्लिक्स तथा जुस आदि भने प्रिस्क्राइब गरिँदैन । प्रायःजसो अवस्थामा यी भनेका विष सरह नै हुन्छन् । यिनले ताकत दिने होइन, भित्रभित्रै रोग बढाउने गर्छन् ।

खानाले मात्रै शक्ति आउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । भनिन्छ नि– अमृतै बढी भयो भने विष बन्छ । त्यसकारण शरीर र लाइफस्टाइल अनुसार आफूलाई उपयुक्त हुने खानेकुरा खानुपर्छ । त्यो एक विशेषज्ञ चिकित्सकले तपाईंको काम, हिस्ट्री, जाँच तथा जेनेटिक्स हेरेर मात्र विश्लेषण गरी निक्र्यौल गर्न सक्छन् ।

शरीरलाई शक्ति दिन वास्तवमा खानाभन्दा व्यायाम (एक्सरसाइज) महत्वपूर्ण हुन्छ । थोरै खाएर व्यायाम वा श्रम गर्ने मान्छे र टन्न खाएर भुँडी पल्टाएर बस्ने सेठमा को बलियो हुन्छ ? आफैंले अनुमान गर्नुहोस् । सामान्य मानिस र खेलाडीमा को बलियो हुन्छ ? अवश्य पनि– खेलाडी । किनकि ऊ नियमित व्यायाम गर्छ । खाना बढी खाने सेठ र खेलाडीलाई दौडिन लगायो भने को बढी दौडिन सक्ला ? खेलाडी नथाकी २० किलोमिटर दौडिन सक्ला । तर, खाना बढी खाएर व्यायाम नगर्ने सेठ २० पाइला पनि राम्ररी दौडिन सक्दैन । खेलाडीले किक प्रहार गरी भित्ता नै भत्काउन सक्ला । तर, खाना बढी खाने व्यक्तिले ह्याम्मर हानेर पनि सायदै भित्ता भत्काउन सक्छ । बसेर पटक पटक पकवान खाने सेठ र खाना नपाई दौडिइरहनपर्ने श्रमिकमा को बढि बलियो ? कस्ले बढि सामान उठाउन सक्ला ? आफैं अनुमान लगाउनुस् ।

खेलाडीले ५० केजीको तौल एक हातले उचाउन सक्छ । तर, खाना बढी खाने व्यक्ति यो काम गर्न सक्दैन । अब बिरामीहरूलाई मेरो प्रश्न छ– बलियो को हो ?
खाना मात्र खाएर बलियो हुने भए खाना बढी खाने व्यक्ति बलियो हुनुपर्ने हो । तर, त्यो हुँदैन । दुनियामा सबैभन्दा मेडल जित्ने वा बढि स्टामिना भएका खेलाडी काला जातिका छन् । उनीहरूको हिस्ट्री हेर्दा बाल्यकालमा कतिले त खानै पाएका हुँदैनन् । प्रश्न उठ्न सक्छ– उनीहरूमा शक्ति कहाँबाट आयो त ? स्पष्ट छ– काम गरेर, ट्रेनिङ र व्यायाम गरेर । त्यसकारण खानाभन्दा एक्सरसाइज महत्वपूर्ण हुन्छ । तर, त्यसो भन्दैमा खाना नै नखाएर एक्सरसाइज मात्र गरेर शक्ति आउँछ भन्न खोजेको होइन । खाना आफ्नो शारीरिक श्रम तथा व्यायाम अनुसारको संतुलित हुनुपर्छ भन्न खोजेको मात्र हो । थोरै सन्तुलित खानाका साथ सन्तुलित व्यायाम, ट्रेनिङ तथा श्रमले नै बढि ताकत दिन्छ भन्न खोजिएको हो । तर, एक्सरसाइज गर्दैमा आजको भोलि नै बलियो बनिँदैन । गर्दै गयो भयो मात्रै बिस्तारै शरीरमा शक्ति आउँछ । त्यसकारण खाना मात्र होइन, एक्सरसाइजले शरीरमा शक्ति दिन्छ । खानाले मात्रै शरीरमा शक्ति दिन्छ भन्नु भ्रम मात्रै हो ।

शक्तिको निम्ति व्यायाम र शरीर अनुसारको सन्तुलित खाना कम भए पनि पुग्छ । तर, एक्सरसाइज भने सही चाहिन्छ । माछा, मासु, अण्डालगायतले मात्रै शक्ति दिने होइन । माछामासुमा भन्दा राम्रो प्रोटिन र अन्य अत्यावश्यक तत्वहरू ब्राउन राइस, पूर्णान्न, गेडागुडी, दाल आदिको समिश्रणमा पाइन्छ । यो मात्र होइन, शरीरलाई माइक्रो न्युट्रिएण्ट्सको पनि झनै बढि जरुरत पर्छ । सागपात, तरकारी, सलाद, फल, कोदो, फापर, ज्वानो, कागुनो, सिस्नु, लट्टे, खोले साग, जंगली फल, तरकारी जस्ता रैथाने नेपाली खाना लगायतमा यस्ता तत्वहरू झनै बढी पाइन्छ । हामीले यस्ता नेपाली खाना जसमा पर्याप्त पोषण तत्व पाइन्छ, त्यसलाई सदुपयोग गर्नुपर्छ ।

हामी नेपालीले आँखा बन्द गरेर खाने प्रोसेस गरिएका खाना जस्तै सेतो चामल, मैदा, तारेका मासु वा खाना अनि फास्ट तथा जंक फुड जस्तै बिस्कुट, चाउचाउ, पाउरोटी, यस्तै प्याकेटका खाजा वा खाना, बोतलबन्द पेय तथा जुस, ताकत दिने भन्ने पेय वा पाउडर आदि सबै एक अर्थमा मन्द विष हुन् भन्नेमा औषध विज्ञानमा दुई मत छैन ।

डा. सुनिल पौडेल, संस्थापक निर्देशक, अर्थोन्युरो हेल्थकेयर, लाई सम्पर्क गर्न हटलाइन ९७४१३३३००९, ५५३३२१९ वा  [email protected] 

प्रतिक्रिया दिनुहोस