प्रदेश राजधानीको प्रस्ताव बारे धनगढीमा बिरोध प्रदर्शन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश राजधानीको प्रस्ताव बारे धनगढीमा बिरोध प्रदर्शन


१० आश्विन २०७५, बुधबार


धनगढी । प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीमा प्रदर्शन भएको छ । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर विरोध गरेका हुन् ।

सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि धनगढी वासिमा असन्तुष्टि देखिएको हो ।

संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस