सिरहा । सिराहाको लाानबाट अपहरणमा परेका भनिएका चिकित्सक सर्लाहीको नवलपुरमा भटिएका छन् ।
हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादव मंगलबार अज्ञात समूहबाट अपहरणमा परेको सूचना प्रहरीलाई पुगेको थियो। अज्ञात समूहले गाडीमा हालेर अपहरण गरेको भनी श्रीमतीले प्रहरीसमक्ष बताएकी थिइन्।
यादवलाई म २ प ८२८६ नम्बरको मोटरसाइकलसहित गएराति सर्लाहीको नवलपुरबाट प्रहरीले उद्धार गरेको छ।
श्रीमतीसँगको खटपटका कारण अपहरणको नाटक गरेको खुलासा भएको छ । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।