सिन्धुपलाञ्चोक । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सबै राजनीतिक दलले समृद्धि तर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताए।