३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पखालाबाट मुस्लिम बस्ती प्रभावित

अ+ अ-

बर्दिवास । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो । लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजीव झाले जानकारी दिए।

नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ । दुवै ठाउँ गरी २१० जना पखलाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए। “घरघरै बिरामी छन्, हामीले अहिले पनि ५० जनालाई शिविरस्थलमै स्लाइन उपचार जारी राखेका छौँ,” स्वास्थ्य निरीक्षक ठाकुरले भने, “शिविरमा बिरामीलाई उपचारको ठाउँ अपुग भएपछि जिल्ला अस्पताल जलेश्वरमा थप उपचारका लागि पठाएका छौँ ।”

करीब ३०० घरधुरीको मुस्लिम बस्तीमा ससाना नानी र किशोर उमेरका बढी प्रभावित पाइएका छन् । गर्भवती र सुत्केरी महिला पनि प्रभावित पाइएका स्वास्थ्य निरीक्षक ठाकुरले बताए । बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिलाइ भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । घना बस्ती भएको र सरसफाइ तथा खानपानबारे बेखबर रहने बानीले पखालाले प्रकोपकै रुप लिएको र चाँडो नियन्त्रण हुन नसकेको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् ।

धानखेतबाट मारेर ल्याइएको ससाना भूरा माछा खाँदा पखाला शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्लो पटक केन्द्रको स्वास्थ्य सेवा विभागबाट आएको टोलीले बस्तीमा खाने गरिएको पानी र बिरामीको दिसा सङ्कलन गरेर लगेको नमूनाको रिपोर्ट आएपछि पखाला फैलिनुको खास कारण पत्ता लाग्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताए । पखाला प्रभावित मुस्लिम बस्तीलाई निगरानीमा राखिए पनि यसको प्रभाव सोही वडाको अर्को बस्तीमा देखिन थालेको छ । पखाला महामारी फैलिएपछि जलेश्वर नगरपालिकाको नैन्ही बस्तीमा त्रास छाएको छ । त्यहाँका बासिन्दाले चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली अत्यावश्यक ओषधिसहित केन्द्रबाट तत्काल थप्न माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस