२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो ।

पुराना पोखरी संरक्षणको लागि रुम्सीवासीलाई हरियो वन कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहुँले केही आर्थिक सहयोग गरेको छ । गैसस समन्वय समितिले रुम्सीको चार पुराना पोखरीको सरसफाइ कार्यक्रमका लागि ४० हजार बजेट उपलब्ध गराएको छ ।

उक्त रकमबाट पुराना पोखरीको सफाइ साथै एउटा नयाँ पोखरी पनि निर्माण गर्ने रुम्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं व्यास नगरपालिकाका कार्यपालिका सदस्य नरीमाया रानाले बताए ।

रुम्सीकै शिवशक्ति आमा समूहले पुराना पोखरीको संरक्षणको पहल गरेको समयमा गैसस समन्वय समितिले नै हरियो वन कार्यक्रमअन्तर्गत पुराना पानी पोखरी संरक्षण कार्यक्रम आफ्नो गाउँमा ल्याएपछि आफूहरूलाई निकै सजिलो भएको उनले जानकारी दिए ।

वर्षाको समयमा पर्ने आकाशे पानीले उक्त पोखरी भरिने र हिउँदको समयभरि वन्यजन्तु र घरपालुवा चौपायालाई पानी उपभोग गर्न पुग्ने सामुदायिक वनका सचिव ज्ञानबहादुर थापाले बताए।

गैसस समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङले हरियो वन कार्यक्रमअन्तर्गत सेती नदी जलाधार क्षेत्रमा पोखरीको सानो भूपरिधि क्षेत्र निर्माण गर्ने उद्देश्यले पुराना पोखरी सफाइ र नयाँ पोखरीको निर्माण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस