ललितपुरका ४ वधशालाको मासु बिक्रीमा प्रतिबन्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुरका ४ वधशालाको मासु बिक्रीमा प्रतिबन्ध


५ आश्विन २०७५, शुक्रबार


काठमाडौँ । सरकारले ललितपुर जिल्लास्थित चार पशुवधशालाको मासु बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा खटिएको अनुगमन टोलीले वधशालाहरुले मापदण्ड पुरा नगरेको फेला पारेपछि बिक्री बितरणमा प्रतिबन्ध लगाएको हो ।

अनुगमन टोलीले ललितपुर तथा लगनखेलमा संचालित ए वन मिट सप, आर.के. मिट सप र दर्ता नगरिएका देव खड्गी र सुनील शाहीले सञ्चालन गरेका दुईवटा पशु वधशालाको मासु बिक्री/वितरणमा प्रतिबन्ध लगाइएको हो ।

इपी टोलमा रहेका ५ वटा वधशालाको अनुगमन गरिएकोमा सामान्य मापदण्ड पनि पूरा नगरेका ४ वटामा प्रतिबन्ध लगाइएको छ भने लक्ष्मी मिट सपलाई सुधार गर्न सतेच गराइएको छ ।

फोहोर ठाउँमा मासु काट्ने गरेको, राँगा भनेर मैसी काट्ने गरेको तथा सरसफाइमा कति पनि ध्यान नदिएको भेटिएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री/वितरणमा प्रतिबन्ध लगाइएको सहभागी टोलीका एक सदस्यले बताए ।

यसअघि पनि अनुगमनका क्रममा पटक पटक सुधार्न निर्देशन दिँदा समेत अटेरी गरेको भेटिएकोले मासु बिक्री बितरणमा प्रतिबन्ध लगाएको उनले बताए ।

ति पशलहरुमा स्टोकमा रहेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस