३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश र स्थानीय तहको स्थायी सङ्गठन संरचना बनाइदै

अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायीरुपमा नै प्रदेश र स्थानीय तहको सङ्गठन संरचना बनाइरहेको छ ।

यसभन्दा अगाडि अस्थायीरुपमा बनाइएको सङ्गठन संरचनामा सुझाव आएपछि स्थायीरुपमा प्रदेश र स्थानीय तहको सङ्गठन संरचना सर्वेक्षण तयार पार्न थालिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अर्थमन्त्रालयका सहसचिवद्वयको सदस्य रहेको सङ्गठन संरचना सर्वेक्षण समिति गठन गरिएको थियो ।

“पहिले भएको अस्थायी सङ्गठन संरचनाअनुसार प्रदेश तहले बढी कर्मचारीको दरबन्दीको माग गरेका छन्” उनले भने, “५० प्रतिशतभन्दा बढी स्थानीय तहले कर्मचारीको दरबन्दीमा परिवर्तन गर्न सुझाव दिएका छन् । ती दुवै सुझावलाई समेटेर स्थायी सर्वेक्षण गरिने छ ।” उनले स्थायी सङ्गठन संरचना भएपछि अस्थायीरुपमा रहेको कर्मचारी दरबन्दीमा केही थपघट हुने बताए। सर्वेक्षणबाट नै स्थायीरुपमा कर्मचारीको दरबन्दी सङ्ख्या लागू गरिने बताइएको छ ।

सङ्घले बनाएको स्थायी कर्मचारी दरबन्दीलाई दुई वर्षसम्म प्रदेश र स्थानीय तहले परिवर्तन गर्न पाउने छैनन् । दुई वर्षपछि प्रदेश र स्थानीय तहको आवश्यकताअनुसार उक्त स्थायी दरबन्दीलाई परिवर्तन गर्ने सक्नेछन् । अस्थायी सङ्गठन संरचना अनुसार प्रदेशमा करीब १६ हजार र स्थानीय तहमा ५७ हजार कर्मचारी दरबन्दी छ । सङ्घको भने यसअघिकै कर्मचारी दरबन्दी लागू गरिने छ । सर्वेक्षण सकिएपछि अस्थायीरुपमा रहेको सङ्गठन संरचना खारेज गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस