२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक तान्ने मुख्य आकर्षण होमस्टे

अ+ अ-

बागलुङ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ ।

सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र पर्वर्द्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर भएको छ । घरबास आन्तरिक तथा बाह्य पर्यटक तान्ने मुख्य आकर्षण बनेको छ ।

पछिल्लो समय दैनिक १०० भन्दा बढी पर्यटक सो घरबासमा पुग्ने गरेका छन् । “प्रचार भएपछि पाहुना पनि बढेका छन्”, घरबास सञ्चालक अप्सरा थापाले भने । जिल्लामा आउने विशिष्ट व्यक्तित्व पनि रात बस्ने गरी नै घरबास जाने क्रम बढ्दो छ । बागलुङ नगरपालिका–१० मा पर्ने भकुण्डेका नौ घरमा सञ्चालित घरबासमा दैनिक ५० भन्दा बढी पाहुना राख्ने क्षमता छ ।

सङ्घसंस्थाको अध्ययन, अवलोकन भ्रमणको लागि पनि घरबास गाउँ छनोटमा पर्न थालेको छ । व्यक्तिगत तथा पारिवारिक घुमफिर र घरबासको अनुभव लिन आउने पनि उत्तिकै छन् । “बिदाको दिनमा पाहुना बढी हुन्छन्, विदेशी पर्यटक पनि विस्तारै आकर्षित हुँदैछन्” घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । “मौसमअनुसारका स्थानीय परिकार खुवाउँछौँ” अध्यक्ष थापाले भने । मकै, गहुँ, कोदो, फापर, आलु, च्याउ, सिस्नोलगायतबाट बनेका परिकार यहाँको घरबासमा उपलब्ध छ । स्थानीय खसीबोका, कुखुरा, सुँगुरलगायतका विभिन्न मासुसमेत यहाँ खान पाइन्छ ।

जङ्गलमा पाइने हलहले, बोके, जरिङ्गो, खोले, कर्कलो, बाँकोको साग पनि घरबासमा उपलब्ध हुने गर्छ । खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा ६०० तोकिएको छ । दुई रात काट्नेको भने एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ । यहाँ आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक नजिकका पर्यटकीय गन्तव्यले आकर्षित गर्ने गरेको छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित मुलाबारीको ‘भ्यूटावर’ सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे धवलागिरिलगायतका दर्जन बढी हिमशृङ्खला देखिने स्थानीयवासी उमाकान्त शर्माले बताए। त्यस क्षेत्रमा अवस्थित सङ्ग्रहालय, बराहताल, बराह मन्दिर, कुथुकर्मको लेक, भैरब मन्दिरलगायत गन्तव्य घुम्न सकिन्छ । “दुई दिनको घुम्ने योजना बनाउँदा सबै ठाउँ पुग्न सकिन्छ” शर्माले भने।

घरबास आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ । मगर जातिको बाहुल्य रहेको भकुण्डेमा झ्याउरे, सालैजो, यानिमायाजस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । मगर समुदायको पञ्चेबाजा, भजनलाई पनि जोगाएर राखिएको छ ।

पर्यटकलाई स्वास्थ्य, सरसफाइ, खानेपानी, विद्युत्, शौचालयजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ । सडक र खानेपानीको सुविधा बढाउन नगरपालिका र वडाबाट विशेष योजना ल्याइएको वडाअध्यक्ष प्रेमबहादुर थापामगरले बताए । “पर्यटकीय पूर्वाधार बनाउनु जरुरी छ” उनले भने, “भकुण्डे आउने पर्यटक सन्तुष्ट भएर फर्कने वातावरण बन्नुपर्छ ।”

उनले यही वर्ष भकुण्डे जोड्ने दुई सडकमा डेढ करोड बजेट छुट्टिएको बताए । सदरमुकाम बागलुङ बजारदेखि एक घण्टाको मोटर र तीन घण्टाको पैदलयात्रामा भकुण्डे पुग्न सकिन्छ । वि.सं. २०६८ मा शुरु भएको घरबास २०७३ मा पर्यटन कार्यालय पोखरामा दर्ता भई आधिकारिकरुपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस