२१ औँ अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी अन्तिम चरणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२१ औँ अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी अन्तिम चरणमा


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । २१ औँ अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारीन्तिम चरणमा पुगेको छ । आगामी ९ गतेदेखि राजधानी काठमाडौंमा शुरु हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बीमा समितिले जनाएको छ ।

नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय बीमा सम्मेलनमा २० राष्ट्र सहभागी हुने छन् । एआईआरडीसी भन्ने अन्तर्राष्ट्रिय संगठनमा आवद्ध देशहरुबीच यस्तो सम्मेलन आयोजना हुँदै आएको छ । यो सम्मेलन नेपालमा दोस्रो पटक आयोजना हुन लागेको हो । १६ वर्ष अघि मात्रै यो सम्मेलन पहिलो पटक नेपालमा आयोजना भएको थियो ।

सन् २०१६ मा बहराइनमा भएको २० औं सम्मेलनले आगामी २१ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नै यस वर्ष नेपालमा अन्तर्राष्ट्रि बीमा सम्मेलन आयोजना गर्न लागिएको बीमा समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस