संयुक्त राष्ट्रसंघको ७३औँ महासभा शुरु, असोज ६ गते प्रधानमन्त्री ओली अमेरिका जाँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संयुक्त राष्ट्रसंघको ७३औँ महासभा शुरु, असोज ६ गते प्रधानमन्त्री ओली अमेरिका जाँदै


२ आश्विन २०७५, मंगलबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा आजदेखि शुरु भएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफँट’ भन्ने मूल नाराका साथ महासभा शुरु भएको हो ।

अमेरिकामा शुरु भएको सो महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर प्रधानमन्त्री अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सभामा उच्चस्तरीय सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । उनले असोज ११ गते महासभालाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस