निर्मलाका हत्यारालाई कारवाही माग गर्दै नेविसंघको विरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्मलाका हत्यारालाई कारवाही माग गर्दै नेविसंघको विरोध


१ आश्विन २०७५, सोमबार


काठमाडौं । नेपाल विद्यार्थी सङ्घले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसं केन्द्रीय समितिले आज पन्तको हत्यारालाई कारवाही गरी पन्तका बाबुआमालाई न्याय दिन माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो ।

सङ्घका अध्यक्ष नैनसिंह महरले पन्तको हत्या भएको दुई महीना पुग्दासमेत सरकारले घटनाको दोषीलाई पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए । हत्यारालाई कारवाही गरेर पीडितका परिवारलाई न्याय नदिएसम्म निरन्तर आन्दोलन गर्ने सङ्घले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस