नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ ।

एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो ।

नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले २÷२ विकेट लिए । अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ । उसले नौ ओभरमा एक विकेट गुमाउँदै ४० रन बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस