२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतापोखरीलाई पर्यटकीयस्थलमा विकास, बृहत् गुरुयोजनाको खाका तयार

अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न १५ करोडको योजना प्रस्तुत भएको छ ।

सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गरे । रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न होटल, गेष्ट हाउस, भ्यू टावर, सवारी पार्किङस्थलसम्मको योजनाको खाका तयारी गरी विज्ञ डा. प्रेम शर्माले प्रस्तुत गरेका हुन् ।

रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेका कारण यसका लागि दिगो पर्यटन विकास गर्न र यहाँका प्रकृति सम्पदाको समेत संरक्षण गर्ने गरी गुरुयोजनाको नक्सा तयार गरिएको विज्ञ डा. प्रेम शर्माले बताए।

केही योजना सञ्चालन भइसकेको र बाँकी कार्य गर्न अब आफूले केन्द्र सरकार र प्रदेश सरकारको सहयोग मागेर सात वर्षभित्र नक्साअनुसार गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

उक्त योजना सम्पन्न भएपछि रौता क्षेत्रमा आन्तरिक र बाह्य गरेर वार्षिक पाँच लाखभन्दा बढी पर्यटक भित्रिने र वार्षिक दश करोडभन्दा माथिको आम्दानी हुने समेत विज्ञ र गाउँपालिकाका प्रतिनिधिको धारणा छ । उक्त गुरुयोजना प्रस्तुत तथा गोष्ठी कार्यक्रममा विज्ञ इञ्जिनियरसहित १ नं. प्रदेश सांसद नारायण बुर्जा, हिमाल कार्की, अम्बिका थापा, प्रजिअ विष्णु कार्कीका सहभागिता रहेको थियो ।

झण्डै ६ महिनाको अध्ययन र अनुसन्धान तथा स्थलगत अध्ययनपछि उक्त गुरुयोजनाको खाका तयारी कार्य सम्पन्न भएको इञ्जिनियर प्रकाश जिसीले बताए । रासस

प्रतिक्रिया दिनुहोस