प्रकाण्ड फेरि पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकाण्ड फेरि पक्राउ


२९ भाद्र २०७५, शुक्रबार


प्रकाण्ड-विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।

शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतमा पु¥याइएका प्रकाण्डलाई अदालतबाट बाहिर निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

गत असारमा चन्दा उठाएको आरोपमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्ड पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटे पनि प्रहरीले एकपछि अर्को अभियोगमा पक्राउ गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस