काठमाडौं । न्यायाधीश दीपकराज जोशी सर्वोच्च अदालत फर्किएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि उनी विदामा बसेका थिए ।
संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि जोशीको सुनुवाइ गरेको थियो ।
उनी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि सोमबार साँझ सर्वोच्च अदालत पुगेका थिए ।
न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्किएपनि उनको नाममा मुद्दाको पेशी भने नतोकिएको जनाइएको छ ।