उच्चस्तरीय छानविन समितिका सदस्यको राजीनामाबारे गृहमन्त्री गम्भीर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उच्चस्तरीय छानविन समितिका सदस्यको राजीनामाबारे गृहमन्त्री गम्भीर


२६ भाद्र २०७५, मंगलबार


काभ्रे। १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय छानविन समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गम्भीर बनेका छन् । उनले त्यस प्रति चासो व्यक्त गर्दै राजीनामा के कारणले आयो भन्ने विषयमा छानविन गरिने बताएका छन् ।

उच्चस्तरीय छानविन समितिका सदस्य रहेका वीरेन्द्र केसीले सोमबार राजीनामा दिएको घोषणा गरेका थिए । उनले आफ्नो धारणा र तथ्य ओझेलमा पर्ने सम्भावना रहेको भन्दै राजीनामा दिएका थिए । उनी प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत हुन् ।

उनले समितिको म्याद थप भएकोमा पनि असन्तुष्टि जनाउँदै आफु असुरक्षित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस