प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन


२५ भाद्र २०७५, सोमबार


काठमाडौ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनी विरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस