अवैध लागूऔषध कारोबारीमा संलग्न तीन पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अवैध लागूऔषध कारोबारीमा संलग्न तीन पक्राउ


२४ भाद्र २०७५, आइतबार


काठमाडौं । लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा सिमरा – २ घर हुने ५० वर्षीय रिठा बिष्ट, महोत्तरी पशुपतिनगर गाउँपालिका – ८ घर हुने ३१ वर्षीय सन्तोष कुमार सिंह र गुल्मी चन्दुकोट गाउँपालिका – ८ घर हुने ४० वर्षीय विशाल कार्की रहेका छन् ।

वीरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना७ख ५०१० नं. को बसमा सवार रिठा विष्टको झोलाबाट नुफिन २०० एम्पल, फेनार्गन २०० एम्पल र डाईजेल्याब २०० एम्पल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

निज विष्टले ल्याएको लागूऔषध सन्तोषकुमार सिंह र विशाल कार्कीले मगाएको खुल्न आएको छ । सन्तोषकुमार सिंह र विशाल कार्कीलाई लागू औषध लिन कुरीरहेको अवस्थामा चावहेलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका तीनै जनालाई लागूऔषध मुद्दामा म्याद थप गरी प्रहरी वृत्त थानकोट बाट आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस