२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिबिषाले चुमिन पर्वत स्टार २०७५ को उपाधि

अ+ अ-

काठमाडौं । पर्वत स्टार २०७५ को उपाधि बिबिषा पाण्डेले चुमेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउँपालिका वाहाकी बिबिषा पाण्डेले उक्त उपाधि चुमेकी हुन् ।

सोनी फिल्मस् प्रालिको आयोजनमा भएको पर्वत स्टार २०७५ खुल्ला नृत्य प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृती चपागाई चुुम्न सफल भइन भने तेस्रो स्थान विहादी गाउँपालीका रानीपानीकी सृष्टि सुनवार र सान्तोवना पुरस्कार स्याङजा ग्लायाङकी लोचन आलेले हात पारिन ।

कार्यक्रममा टपटेनका अन्य विजेतामा मुनाल परियार, रेजिना थापा, अस्मिता रनपाल, आर्मित्मा सारुमगर, लिजा थापा र सुजिना थापा रहेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मसबाट निर्माण हुने चलचित्रमा अनुबन्धन पनि गरिएको छ ।

१८ जिल्लाबाट १ सय ५० जनाले सहभागिता जनाएको उक्त प्रतियोगिताको निर्णयकमा राम गौतम, प्रेम शर्मा पौडेल, लवसन गुरुङ र एकेन्द्र सारा शंकर रहेका थिए ।

मनोरञ्जनात्मक कार्यक्रम सहित समापन भएको कार्यक्रमको प्रमुख अतिथिमा पर्वतका सभासद पदम गिरी, विशेष अतिथिमा पर्वतकै पूर्व सभासद अर्जुन जोशी, उत्तम केसी, लय संग्रौला, रिषिकेश तिवारी, राजेन्द्र तिवारी, सुन्दर भुसाल थिए भने अतिथिमा सिता विके सुनुवार, विक्रम लोहनी, चोक बहादुर सुनार, तिलकबहादुर कुँवर, प्रकाश पाण्डे, रमेश सुनुवार, दीपेन्द्र लोहनी, केशवराज चापागाईंलगायतका रहेका थिए ।

गाउँ गाउँमा रहेका प्रतिभाहरुको प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक प्रेम सोनी सुनारले बताए । नारायण विश्वकर्मा र सन्तोषी सुनारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस