तीन कर्मचारीविरुद्ध आरोपपत्र दायर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तीन कर्मचारीविरुद्ध आरोपपत्र दायर


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगकाअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भ-याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

श्रेष्ठ र गोइतले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीबाट राजश्व रकमबाहेक थप १६ हजार घुसवापत लिएको तथ्यफेला परेपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सहलेखापाल गोइत र श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो १६ हजार सोही बमोजिम जरिवाना र कैद सजाय माग गर्दै आरोपपत्र दाय गरिएको छ ।

यसैगरी आयोगले आजै इटहरी उपमहानगरपालिका–१० का वडासचिव विदुर रेग्मीविरुद्ध आयोगमा आरोपपत्र दायर गरेको छ । होटल दर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग १३ हजार घुसवापतको लिएको अनुसन्धानका क्रममा खुलेकाले उनीविरु बिगो १३ हजार, सोहीबमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले बताए ।

प्रतिक्रिया दिनुहोस