पाँचवटा रेडपान्डा सहित दुई पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँचवटा रेडपान्डा सहित दुई पक्राउ


प्रशासन विशेष ब्युरो

१९ भाद्र २०७५, मंगलबार


रेडपान्डा

काठमाडौँ । पाँच वटा रेडपान्डा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरिय प्रहरी परिसर दरबारमार्ग वृत्तले बोरामा रेडपाण्डा हालेर बिक्री गर्न हिडेका सोलखुम्बुका शुक्र राई र अजित बस्नेतलाई दरबारमार्गबाट पक्राउ गरेको हो ।

रेडपान्डा बोकेर दुई वटा मोटरसाईकलमा बौद्धबाट दरबारमार्ग हुँदै अघि बढ्दै गरेका उनीहरुलाइ विशेष सूचनाका आधारमा पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रारम्भिक सोधपुछका क्रममा अरु नै कसैले सामान प¥याई दिन भनेको खुल्न आएको र पक्राउको घटनाबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Redpanda

Tags :
प्रतिक्रिया दिनुहोस