भारतमा पनि भव्यताकासाथ मनाइँदै तीज तथा गौरा पर्व « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतमा पनि भव्यताकासाथ मनाइँदै तीज तथा गौरा पर्व


१९ भाद्र २०७५, मंगलबार


भारत । सुदूरपश्चिमेली नेपाली समाज भारतले गौरा तथा तीजलाई भव्यताका साथ मनाउने तयारी गरेको छ ।

सुदूरपश्चिमको महान पर्व गौरा तथा नेपाली महिलाहरुको तीजलाई भारतमा छरिएर रहेका नेपाली हरुले भव्यरुपमा मनाउने भएका छन् । भारतका विभिन्न राज्यमा बस्ने नेपाली हरुले आफ्नो मौलिक पर्वलाई विशेष कार्यक्रम गरी भव्य रुपमा मनाउने तयारी गरेका हुन् ।

कार्यक्रमलाई रोचक आकर्षण बनाउन चर्चित लोक तथा डेउडा गायक गायिकाहरुको उपस्थिति रहने भएको छ । कलाकारहरू भुवन दहाल, भानुभक्त जोशी, चाँदनी मल्ल, गौरी भट्ट, अछामी रेखा, भारतको बिभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुने छन ।

कार्यक्रममा हरितालिका तीजको पुजा, तीज नाच, गौरा, झोणा, डेउडा, न्याउले खेल, दोहोरी गीत, नाटक, गजल, हुडकेउली र हास्य व्यंग्यका साथै क्षेत्रीय र स्थानीय कलाकारहरुको पनि बजोड प्रस्तुती रहने छ ।

कार्यक्रम दिल्ली, तामिलनाडु, कर्नाटका, तेलगाना, जम्मु कश्मीर, हरियाणा, पुना, मुम्बइर्, उतराखंड आदि राज्य हरु हरुमा आयोजना गरिने केन्द्रिय प्रचार प्रसार उपसंयोजक निरन्जन बिष्टले जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस