१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशैभर ‘एक नेपाली एक फलफूलको बिरुवा रोप्ने अभियान’

अ+ अ-

काठमाडौं । ‘एक नेपाली एक फलफूलको बिरुवा रोप्ने अभियान’ देशैभर जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसरमा सिंहदरवारमा परिसरमा आफूलाई मनपर्ने लिची र एभोकाडोका दुई बिरुवा रोप्दै शुभारम्भ गरेको अभियान अन्तर्गत यतिबेला संघदेखि स्थानीय तहसम्म सबैले आ–आफ्नो क्षेत्रमा हुने बिरुवा रोपेर सघाइरहेका छन् ।

फलफूलको बगैचाले पर्यावरण समेत सन्तुलित बनाउने भएकाले अभियान आवश्यक रहेको बताउँदै ओलीले अभियानमा सहभागी हुन आम नागरिकलाई आग्रहसमेत गरेका थिए ।

कालिकोटमा पनि अभियान तीव्ररूपमा सञ्चालन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमका अनुसार जिल्लामा २०७५ असार मसान्तसम्म एक लाख ५० हजार दुई सय ६५ बिरुवा रोपिएका छन्, जसमध्ये ८७ हजार ४ सय ९० फलफूल तथा ६२ हजार ७ सय ७५ अन्य जातका बिरुवा रोपिएका छन् ।

उनले ओखर १ हजार ९ सय ८, सुन्तला ४० हजार १ सय ५०, कागती २५ हजार १ सय १०, जुनार ४ हजार २ सय, आँप ६ हजार ३ सय, अनार एक हजार १ सय ३०, लिची एक सय, अमिलो तीन सय, कटहर एक हजार ५ सय र अलैची ८ हजार ७ सय बोट रोपिएको जानकारी दिए । यस्तै, अन्य जातका बिरुवाहरूमा बकाइनो १५ हजार २ सय ५६, मसला १५ हजार एक सय २७, खोटे सल्ला २ हजार ७ सय १६, इपिल इपिल ५ हजार ९ सय ६८, च्युरी ३ हजार ३ सय ८५, तेजपात १ हजार ७ सय ८०, धुपी १ हजार १ सय १६, पैयुँ १ हजार ५ सय ९३, कोइरालो १ हजार २ सय ३७, रिट्ठा ८ हजार ५ सय ५, बोझो १ सय ९२, अमला ३ हजार २ सय र सिसौं २ हजार २ सय बोट रोपिएको उनले बताए ।

त्यसैगरी रोल्पामा पनि बिरुवा रोप्ने अभियान चलिरहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार सुन्तला ५९ हजार ९ सय १०, कागती ९५ हजार पाँच सय ४२, अनार चार हजार एक सय पाँच, आँप १० हजार छ सय ११, लिची दुई हजार छ सय, केरा सात सय ६१, ओखर पाँच हजार आठ सय ३१, स्याउ ११ हजार ८५ र किबी तीन हजार ५० बोट गरी १ लाख ९३ हजार चार सय ९५ बोट रोपिएका छन् ।

जिल्लाको सुलिचौर गाउँपालिका कार्यालयले मात्रै २१ हजार बढी बोटहरू रोपिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जनाएका छन् ।

उनका अनुसार आँप ६ हजार १ सय, लिची १ हजार ६ सय, सुन्तला ८ हजार ५ सय, कागती ४ हजार ३ सय, अनार ६ सय र अम्बा २ सय गरी २१ हजार ३ सय फलफूलका बोट रोपिएका हुन् ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको कार्यालयले ६३ हजार ९ सय ५० विरुवा रोपेका जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार अलैची २६ हजार, अम्बा १ हजार सात सय, सुन्तला र कागती दुई/दुई हजार, जुनार चार सय, आँप र लिची दुई/दुई सय, अनार र कटहर एक सय ५० गरी तीन सय, लप्सी पाँच सय, टिमुर तीन सय, कफी १० हजार, एभोगाडो पाँच सय र मेकाडेमिया नट पाँच/पाँच सय, किबी तीन सय ५० र डाले घाँस आठ हजार बोट रोपिएका छन् ।

पछिल्लो समय देशभरबाट कार्यालयले बोटबिरुवा रोपेको जानकारी आउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार यस वर्षको अभियान भदौसम्म नै चल्ने भएकोले देशभर कहाँ कति बोटबिरुवा रोपिए भन्नेबारे त्यसपछि मात्रै यकिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस