अपराध संहिता संशोधनको माग गर्दै चिकित्सक आन्दोलनमा, देशभरका अस्पताल ठप्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपराध संहिता संशोधनको माग गर्दै चिकित्सक आन्दोलनमा, देशभरका अस्पताल ठप्प


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै संघ आन्दोलनमा उत्रिएको हो ।

संघले आज बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ । यसलगत्तै संघले झन्डै १२ हजार चिकित्सकका लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाउने तयारी गरेको छ ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ । चिकित्सकहरूले यसमा असहमति जनाउँदै संशोधनको माग राख्दै आएका छन् ।

संघले देशभरका जिल्ला शाखाहरूले समेत प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस