पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन कार्यविधि,२०७५ पारित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन कार्यविधि,२०७५ पारित


प्रशासन विशेष ब्युरो

१५ भाद्र २०७५, शुक्रबार


गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन कार्यविधि २०७५ लाई स्वीकृत गरेका छन्।

मन्त्रालयले पर्यटक उद्धारमा भएको लापरबाहीलाई बन्द गर्ने भन्दै कार्यविधि तय गरेको थियो।

नेपालको पदयात्रा, जलयात्रा, पर्वतरोहण तथा अन्य सहासिक पर्यटनलाई व्यवस्थित गर्न मन्त्रालयले तय गरेको कार्यविधि मन्त्री अधिकारीले स्वीकृत गरेका हुन्।

पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सरल, सहज, व्यवस्थित, विश्वसनीय, सुरक्षित एवम् मतव्ययी बनाउन कार्यविधि जारी गरिएको मन्त्रालयल उपसचिव प्रकाश शर्मा ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् कार्यविधि

Tags :
प्रतिक्रिया दिनुहोस