‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ


१५ भाद्र २०७५, शुक्रबार


धनुषा । प्रदेश नं. २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि यसखालका अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

सार्वजनिक बिदा

प्रदेश सरकारले कृष्णाष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीका अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस