शितल निवासमा दिवाभोज : बिमस्टेक सम्मेलनका पाहुनाको स्वागत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शितल निवासमा दिवाभोज : बिमस्टेक सम्मेलनका पाहुनाको स्वागत


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनाको स्वागतका लागि दिवाभोजको आयोजना गरिएको छ।

दिवाभोज कार्यक्रमको आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक सम्मेलनका लागि आएका पाहुनाको स्वागतका लागि शीतल निवासमा गरेकी हुन्।

राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुख शितल निवास गएका हुन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

राष्ट्रपतिद्वारा आयोजित दिवा भोजपछि होटल सोल्टी क्राउन प्लाजामा सम्मेलन सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस