लागु औषधसहित एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागु औषधसहित एक पक्राउ


१४ भाद्र २०७५, बिहिबार


pakrau

काठमाडौं । काठमाडौं महानगरपालिका – २६ बाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

तनहुँको ब्यास नगरपालिका – ९ का सुशील भुजेललाई आज काठमाडौंबाट लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको छ ।

भुजेललाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस