२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं. १ मा क्षुद्र ग्रहको खोजी

अ+ अ-

काठमाडौं । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं. १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।

राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं. १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्ने छन् ।

सोसाइटीले ३० समूहलाई मात्र सहभागी गराउने भएकाले इच्छुक विद्यार्थीलाई सम्पर्कका लागि आह्वान गरेका छन् । भाग लिन इच्छुकलाई भदौ १९ र २० गते इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण कार्यक्रम चलाइने छ ।

एक समूहमा पाँच विद्यार्थी एक शिक्षक हुनुपर्नेछ । प्रत्येक समूहलाई आकासीय ग्रहसम्बन्धी फरक/फरक तस्बिर उपलब्ध गराइने छ । छ वर्षदेखि राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानलाई निरन्तरता दिँदै आएको सोसाइटीले जनाएको छ । यस वर्षको खोज प्रदेश १ बाट शुरु गरिएको हो ।

खोजले भविष्यमा विद्यार्थीमा अझ बढी अनुसन्धानमा लाग्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ । मङ्गल र वृहस्पतिका बीचमा रहेको क्षुद्रग्रह पत्ता लगाउने समूहले आफूले चाहेअनुसार नामाकरण गर्न सक्नेछ । भाग लिन चाहने विद्यालयमा इन्टरनेट सुविधासहित एउटा कम्प्युटर अनिवार्य हुनुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस