२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दा सङ्कलनबाट विद्यालयमा  कम्प्युटर र सोलार जडान

अ+ अ-

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।

सुन्तले स्थायी घर भई हाल बेलायत (युके) मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो ।

विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिए।

थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक/एक थान उपलब्ध गराएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ ।

सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट १० लाख ८९ हजार र स्थानीयवासीबाट सङ्कलन भएको एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताए।

‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहेका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम सङ्कलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले २० हजार ५००, उपप्रमुख गोमा मगरले पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले सात हजार रकम उपलब्ध गराएको अध्यक्ष राईले जानकारी दिए ।

भौगोलिकरुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हासिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् ।

तीन सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने सञ्चालक समितिले जनाएको छ ।

विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल/इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस