२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ : नेता खनाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको एकीकरणमा योगदान पु-याएका वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गरी प्रेरणा लिनुपर्ने बताएका छन् ।

‘टिस्टा–काँगडा–सतलज ऐतिहासिक नेपालको एकीकरणबारे बृहत् कला प्रदर्शनी’को समापन अवसरमा आयोजित कार्यक्रममा उनले वीर योद्धाका बलिदान र देशको ऐतिहासिक एकीकरणका कारण हामी स्वतन्त्र राष्ट्रका स्वाभिमानी नेपाली हुन पाएकामा गौरव गर्नुपर्नेमा जोड दिए ।

साहित्यकार मोदनाथ प्रश्रितले नेपाल र नेपालीले मेचीदेखि टिस्टा र महाकालीदेखि काँगडा सिमानासम्म करीब १२ वर्ष राज्य गरेको इतिहासलाई स्मरण गर्दै त्यस क्षेत्रमा लडेका वीर योद्धाको आदर्शलाई प्ररेणाका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

पृथ्वीनारायण शाहको नेतृत्वमा भएको आधुनिक नेपालको एकीकरणमा वीर योद्धाको योगदान ऐतिहासिक रहेको र उनका उत्तराधिकारीले देशको सिमाना विस्तार गरेको इतिहासलाई बिर्सन नहुने पनि उनले बताए ।

इतिहासविद् डा. सुरेन्द्र केसीले पूर्वजले विशाल नेपाल आर्जन गरेको भए पनि समयक्रममा केही भूभाग गुमाउनु परेको उल्लेख गर्दै योद्धाले लडेका साहासिक युद्ध र ती क्षेत्रका बारे समीक्षा गर्नुपर्ने बताए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले विभिन्न जाति समुदायको बसोबास रहेको मुलुकमा प्राचीन इतिहास, धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे ।

कलाकार लालकाजी लामाले देशको ऐतिहासिक विषयवस्तुलाई नयाँ पुस्तामा बुझाउन कलाकारले कलामार्फत विभिन्न सिर्जनालाई अभिव्यक्त गरेको जानकारी दिए ।

हालै चन्द्रागिरिमा गरिएको कला कार्यशालामा विभिन्न ५० कलाकारले सिर्जना गरेका कलाकृतिको यही भदौ २ गतेदेखि बिहीबारसम्म नेपाल कला परिषद्मा प्रदर्शन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस