संवैधानिक परिषद बैठक आज : प्रधानन्यायाधीश र अख्तियार प्रमुख सिफारिसको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संवैधानिक परिषद बैठक आज : प्रधानन्यायाधीश र अख्तियार प्रमुख सिफारिसको तयारी


७ भाद्र २०७५, बिहिबार


काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि आज अपरान्ह ४ बजे संवैधानिक परिषदको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस अघि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भयो । जोशी अस्वीकृत भएसँगै प्रधानन्यायाधीश नियुक्तिको बैठक बस्न सकेको थिएन ।

योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन् । संवैधानिक परिषद्ले यी दुईमध्ये एक जनाको नाम सिफारिस गर्नुपर्नेछ ।

अख्तियार प्रमुख
संवैधानिक परिषदको बैठकले आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ ।

गत फागुनदेखि दीप बस्न्यातले अवकाश पाएपछि अख्तियार कार्यवाहक नविनकुमार घिमिरेको भरमा चलिरहेको छ ।

प्रमुख आयुक्तका लागि घिमिरेसहित पूर्वमुख्यसचिव लिलामणि पौडेल, राजेन्द्र किशोर क्षेत्री, युवराज संग्रौला लगायत आकांक्षीहरु रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस