चितवनमा बस र ट्रक ठोकिदा एक जनाको मृत्यु, ३३ घाइते « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

चितवनमा बस र ट्रक ठोकिदा एक जनाको मृत्यु, ३३ घाइते


६ भाद्र २०७५, बुधबार


चितवन । नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३ः१५ बजे एकापसमा ठोकिएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि अवरुद्घ सडक केहि समयपछि सञ्चालनमा आएको छ । रासस

प्रतिक्रिया दिनुहोस