२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपरजोनका कृषक आधुनिक कृषितर्फ

अ+ अ-

झापा । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् ।

परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेका छन् ।

कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गर्नुभएको छ ,उनले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गरेका हुन् ।

‘न धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भने, “पहिला धेरै खेताला लगाउनुपथ्र्यो, त्यो भन्दा पनि काम गर्ने मान्छे नै नपाइने, नयाँ तरिकाले खेती गर्दा खर्च पनि कम भएको छ ।” उनले आधुनिक कृषि प्रविधि र कृषि औजारको प्रयोगबाट राम्रो उत्पादन गर्न सकिने बताए ।

सुपरजोन परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा उनले एउटा पावरट्रेलरसमेत खरिद गरेका छन् । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन वटै काम उक्त मेसिनबाट हुने उनले बताए ।

त्यस्तै, उनले जैविक मल उत्पादनसमेत गर्न थालेका छन् । गड्यौंलाले मलको प्रयोग गरेर अग्र्यानिक कृषिउपज उत्पादन गर्ने उनको योजना छ ।

त्यस्तै, कचनकवल–६ का अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धानखेती गरेका छन् । उनले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएको बताए । ‘उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको छ’, उनले भने, “कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसतर्फ लागे” । कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आवद्ध कृषि आधुनिक प्रविधितर्फ आकर्षित भएको बताए ।

‘अहिले धेरै कृषकले पावरट्रेलरको माग गरेका छन्, खेती गर्ने शैली नै परिवर्तन भइसक्यो’, जुनेलीमा ३९४ कृषक आवद्ध रहेको बताउँदै लामाले भने, “अहिले २०/२१ घरमा मुस्किलले एक हल गोरु पाइन्छ ।”

यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ नौ हजार हेक्टरमा धानखेती गरिएको छ । जसमध्ये दुई हजार हेक्टरमा सुपरजोनमा आवद्ध किसानले धानखेती गरेको सुपरजाने परियोजना कार्यान्वयन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमलसेनाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस