एसियाली खेलकुद : भारत्तोलनमा राष्ट्रिय कीर्तिमान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसियाली खेलकुद : भारत्तोलनमा राष्ट्रिय कीर्तिमान


६ भाद्र २०७५, बुधबार


काठमाडौं । १८ औं एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनमा ५३ केजी तौल समूहमा नेपालकी सञ्जु चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

स्न्याच, क्लिन एण्ड जर्कमा सञ्जुको कीर्तिमानी रहेको छ । स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी भार उठाएर राष्ट्रिय कीर्तिमानमा कायम गरेकी हुन् ।

यसअघि उनले एसियाली खेलकुदको छनोटमा स्न्याचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५६ केजी भार उठाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस