काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् ।
घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको र धारिलो हतियार प्रयोग गरी हत्या भएको देखिएको छ।
झा बसेको कोठा बिहान सम्म नखुले पछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले ढोका खोल्दा झा मृत भेटिएका थिए ।
८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।
परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति हुन्।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको ।