२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा

अ+ अ-

नवलपरासी । वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् ।

नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउँछन् । उनी भन्छन्, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गास पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’’ आफूले थाहा पाउँदा नदी वस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताए ।

अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले वर्षेनी वस्तीतर्फ बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाए । अघिल्लो वर्षमात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उले बताए ।

बाढीको त्रासले वर्षात्को समयमा पूर्वसूचनाका लागि स्थानीय १० जनाको समूह बनाएर रातको समयमा जाग्राम बस्ने गरेको उनको भनाइ छ । कटान बढेसँगै व्यक्तिका जग्गा बगरमा परिणत भएकोे अर्का स्थानीयबासिन्दा इन्द्र बोटेले गुनासो गरे । माझी, मुसहर र बोटे कल्याण सेवा समितिकी सामाजिक परिचालका समेत रहेकी उनी भन्छन्, “उत्पादनयोग्य जमीन बगरमा परिणत हुनु, पशुपालनका लागि घाँस ल्याउन पनि आरक्षमा कडाइ हुनुजस्ता समस्याका कारण सर्वसाधारणको जीविकोपार्जनमा दिन प्रतिदिन कठिनाइ परेको छ ।

भएको जमीन उपयोगविहीन भएपछि विकल्पका रुपमा माछा मार्ने, तामा काट्ने र निउरो खोजेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको सो क्षेत्रका बासिन्दा सुकमाया बोटे बताउँछिन् । पूर्णरुपमा कटान नियन्त्रण गर्न नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्नुका साथै त्यसमाथि बाटो बनाउनसके उक्त क्षेत्रको वस्ती जोगाउन सकिने प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको भनाइ छ ।

यसैबीच साउनको दोस्रो साता उक्त क्षेत्रको अवलोकन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्थानीय बासिन्दाले कटान नियन्त्रण गरी बस्ती सुरक्षाको सामूहिक माग गरेका थिए । गुनासो सुन्दै मुख्यमन्त्री गुरुङले तत्कालीन र दीर्घकालीन योजनाका साथ नारायणी नदी नियन्त्रणका साथै प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले उचित पहल गर्ने विश्वास व्यक्त गरे ।

उनले पूर्णरुपमा नदी नियन्त्रणसहित सोही तटबन्धलाई सडक पूर्वाधारकारुपमा विकास गर्न अबौँ रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उक्त कार्यका लागि सङ्घ सरकारसँग माग गरेर समस्याको स्थायी समाधान गर्नेतर्फ प्रदेश सरकार लाग्नेछ ।

नवलपुरको गैँडाकोटदेखि बोटे बस्तीसम्मको लगभग ४४ किलोमिटर नारायणी नदीको कटान रोक्नका लागि जनता तटबन्धन कार्यक्रम चितवनले सञ्चालन गरे पनि नवलपुरतर्फ प्रभावकी नदेखिएको प्रदेशसभा सदस्य रोशनबहादुर गहामगर बताउँछन् । कावासोती नगरपालिका वडा नं. ११ र १२ मा सबैभन्दा बढी कटान भएको बताउँदै उनी भन्छन् ।, “नारायणी नदीमा वर्षादका कारण बहाव बढ्ने र त्रिवेणी सुस्ता गण्डक नहर बाँध भारतको तर्फबाट पूरै ढोका नखोल्दा प्रत्येक वर्ष कटानको खतरा बढ्ने गरेको छ ।”

नारायणी नदीको पूर्व चितवन राष्ट्रिय निकुञ्जतर्फ नदीजन्य वस्तुको निकासीमा कडाइ हुनु र पश्चिमतर्फको बस्तीमा चोरी निकासी बढेका कारण नदीको भङ्गालो सोझिएको नवलपुर जिल्लातर्फको क्षेत्रमा सङ्घीय र प्रदेश सरकारले तत्काल स्थायी तटबन्ध निर्माण गरी कटान रोक्नु अपरिहार्य रहको छ ।

प्रतिक्रिया दिनुहोस